पन्नहवादेवी स्थान

241

नरैनापुर १ कोकटकुइया स्थित पन्नहवा सामुदायिक वनको ४० विगाह क्षेत्रफलमा पन्नहवादेवी स्थान रहेको छ । हुलाकी राजमार्गदेखि उत्तर ५ किलो मिटर दूरीमा रहेको यो स्थान ३०० वर्ष पुरानो रहेको मान्यता छ ।

३०० वर्ष पहिले भारतबाट आएका टमाटर महाराजले यो पन्नहवादेवी स्थानको निर्माण गरेका थिए । यहाँ दर्शन गरेको व्यक्तिमा भलाइ हुने र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यो क्षेत्रमा विभिन्न ६ वटा मन्दिर रहेका छन् । मन्दिरको चारैतिर २५ देवताका मूर्तिहरू सजाइएको छ । भारतीय र नेपालीहरू आवतजावत गर्ने यो स्थानमा असार पूर्णिमाको दिन भौरी मेला लाग्ने गर्छ ।

यस क्षेत्रमा दैनिक जंगली जनावर बाघ, चित्तल, बँदेल, चितुवा जस्ता जंगली जनावर समेत आसपासमा आउने गर्छन् । यज्ञस्थल, कुटी र कुण्डहरू यहाँ निर्माण गरिएका छन् । शिवलिङ्ग, गणेश, हनुमान, कन्यादेवी, कन्हैलाल, शिव पार्वती, हात्ती, वनदेवी, नागमाता, रामलक्ष्मण, सीता, टमाटरबाबा, तुल्सीदास, शिवरीमाता, सरस्वती, विष्णु, वनशक्ति, ऋषिगण, कालीस्थान, देवलोक, जलपरीलगायतका मूर्तिहरू यहाँ रहेका छन् । यहाँ हात्ती, बाघ, सिँह जस्ता जनावरका पनि मूर्तिहरू राखिएका छन् । चारैतिर तारवार गरिएकोर बगैँचासमेत रहेकोले पन्नहवादेवी स्थान पर्यटकीय आकर्षण रहेको केन्द्र हो  । मन्दिरका रूपमा रामलक्ष्मण मन्दिर, टमाटर बाबा मन्दिर, ब्राह्मपूजा मन्दिर, कालीकास्थान र हनुमान मन्दिर रहेका छन् ।

नरैनापुर पर्यटन डायरीबाट

Womui
Womui