सिलौटो प्रहार गरी पत्नीको हत्या

176

काठमाडौं– सर्लाहीमा एक व्यक्तिले आफ्नै पत्नीको सिलौटो प्रहार गरी हत्या गरेका छन् । लालबन्दी नगरपालिका २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षकी उषा देवी कर्णको हत्या गरेका हुन् ।

सर्लाहीका प्रहरीका अनुसार आइतबार राति घरायसी विवादका कारण मसला पिस्ने सिलौटोले टाउकोमा प्रहार गरी विजयलालले पत्नीको हत्या गरेका हुन् । सिलौटो प्रहार गर्दा उषाको घटनास्थलमै मृत्यु भएको थियो ।

पत्नीको हत्या गर्ने कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Womui
Womui