बाँकेबाट ९ जुवाडे पक्राउ

161

नेपालगन्ज/ बाँकेबाट ९ जुवाडेलाई पक्राउ परेका छन् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बौद्ध टोलबाट उनीहरु पक्राउ परेका हुन् । आइतबार अन्दाजी राति साढे बाह्र बजेको समयमा भुट्टु मियाँको घरमा जुवा भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रकाउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाबाट एक लाख पचास हजार एक सय पैसठ्ठी रुपैयाँ र ६ गड्डी तास बरामद भएको छ ।

बाँके प्रहरीले चालु आर्थिक वर्षमा ३५ जुवाडेलाई पक्राउ गरिसकेको छ भने उनीहरुबाट ३४ लाख ८० हजार ६ सय १५ रुपैयाँ बरामद गरेको भने मुलुकी फौजदारी संहिता ऐन २०७४ को दफा १२५ बमोजिम ३ महिना सम्म कैद वा ३०,०००।- सम्म जरिवाना हुने व्यवस्था छ ।

Womui
Womui