नेपालको जमिन २ करोड ९७ लाख कित्तामा टुक्रियो, कति छन् जग्गाधनी ?

283

छिनछिन खबर
काठमाडौं–
सम्पतिको अधिकार व्यक्तिको नैंसर्गिक अधिकार हो । यसले हरेक व्यक्तिलाई आर्थिक सन्तुष्टि पनि दिने गरेको छ । व्यक्तिले केही कमाइ ग¥यो कि लगानी गर्ने स्रोतमा जमिन प्रमुखमै आउँछ । अहिले जग्गाको कित्ताकाट बाक्लिएको छ । सरकारले फुकुवा गरेको जग्गाको कित्ताकाट सर्वोच्च अदालतले रोक्न आदेश दिएको अवस्थामा पनि कित्ताकाट भने रोकिएको छैन ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले पनि तीव्र गतिमा जग्गाको कित्ताकाट भइरहेको जनाएको छ । २०७४ साउन २६ देखि खेतीयोग्य जमिन मासिने क्रम बढेको भन्दै सरकारले जग्गाको कित्ताकाटमा कडाइ गरेको थियो । तर, त्यसपछि पनि कित्ताकाट रोकिएको छैन । कारोबारीहरुले अनेक बाटो अपनाएर कित्ताकाट गर्दै आएका थिए । योसँगै कर्मशियल रुपमा नै जग्गा प्लटिङ गरेर बेच्ने क्रम तीव्र भएकाले जमिनको कित्ताकाट पनि सोही अनुसार तीव्र हुँदै गएको हो । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै ३ लाख ८५ हजार २८ कित्ताकाट भएको छ भने १ लाख ७० हजार ६८७ कित्ता खारेज भएका छन् ।

सहरीकरण बढिरहेको र खेतीयोग्य जमिन घडेरीमा परिणत हुने क्रम तीव्र भएकाले जमिनको कित्ताकाट बढिरहेको भूमि व्यवस्थापन विभाग बताउँछ । गत आर्थिक वर्ष २०७÷०७७ सम्म देशको जमिन कुल २ करोड ९७ लाख ४ हजार ४७ कित्तामा टुक्रिएको छ । २ करोड ९७ लाख ४ हजार ४७ कित्ता जमिनको धनी ९६ लाख २५ हजार ३३१ जना छन् । गत आर्थिक वर्ष मात्रै ३ लाख ६७ हजार २८९ जना नयाँ जग्गाधनी थपिएका छन् भने सोही वर्ष १ लाख ६९ हजार ८५८ जग्गाधनी खारेज भएका छन् ।

Womui
Womui