डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल

163


वासिङटन–अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ल्याइएको महाअभियोग प्रस्ताव असफल भएको छ ।
अमेरिकाको माथिल्लो सदन सिनेटमा दुई तिहाइ बहुमत नपुग्दा ट्रम्पविरूद्धको महाअभियोग असफल भएको हो । यअघि नै पनि उनीविरुद्धको महाअभियोग असफल भएको थियो ।

सिनेटमा भएको मतदानमा महाअभियोग पारित गर्ने पक्षमा ५७ र विपक्षमा ४३ मत परेको थियो । महाअभियोग पारित हुन ६७ मत आवश्यक थियो । जनवरी ६ मा संसद भवनमा हिंसा भड्काउन सघाएको भन्दै ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको थियो । महाअभियोग असफल भएसँगै ट्रम्प पुनः अमेरिकी राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्न पाउने भएका छन् । एजेन्सी

Womui
Womui