वित्तीय विवरण नबुझाउने ११ कम्पनीको सेयर कारोबार रोक्का

210


छिनछिन खबर
काठमाडौं
–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले ११ सूचीकृत कम्पनीहरूको कारोबार रोक्का गरेको छ । आर्थिक वर्ष २०७५÷७६ को वित्तीय विवरण नबुझाएको भन्दै नेप्सेले ती कम्पनीहरूको कारोबार रोक्का गरेको हो ।

कारोबार रोक्का भएका कम्पनीहरूमा नेपाल हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, पाँचथर पावर कम्पनी, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, युनियन हाइड्रोपावर कम्पनी छन् । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, कालीका लघुवित्त वित्तीय संस्था, नेसनल माइक्रोफाइनान्स लघुवित्त कम्पनीको पनि कारोबार रोक्का गरिएको छ ।

वित्तीय विवरण उपलब्ध नबुझाएसम्म यी कम्पनीहरूको दोस्रो बजारमा सेयर कारोबार रोक्का रहने नेप्सेले जनाएको छ ।

Womui
Womui