भ्रष्टाचारविरोधी अभियन्ता ‘नमस्कार’ले गरे प्लाज्मा दान

88

नेपालगन्ज–दुई दशकदेखि भ्रष्टाचारविरुद्ध क्रियाशील नमस्कार शाहले प्लाज्मा दान गरेका छन् । बर्दियाको मधुवन निवासी सिकिस्त कोरोना संक्रमितका लागि शाहले प्लाज्मा दान गरेका हुन् ।

कोरोना संक्रमित शिशिर बस्नेतलाई प्लाज्मा दान गरेका शाहले विभिन्न समयमा आवश्यकतामा परेका व्यक्तिका लागि पनि रक्तदान गर्दै आएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको उत्प्रेरणाले प्लाज्मा दान गरेको बताउने शाहले अहिलेसम्म ३१ औंपटक रक्तदान गरिसकेका छन् भने रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले विभिन्न समयम रक्तदान कार्यक्रम सञ्चालन गरी रगत संकलनसमेत गर्दै आएका छन् ।

बहुप्रतिभाशाली शाहले दुई दशक अघि बास संस्था खोलेर भ्रष्टाचारविरुद्ध अघि उभिँदै देशभर बासको शाखा स्थापना गरेका छन् । भ्रष्टाचारविरुद्ध युवा शक्तिलाई लड्न प्रेरणा दिँदै देशमा सुशासन कायम गर्ने धुनमा रहेका शाह गैरसरकारी महासंघ नेपाल बाँके शाखाको अध्यक्ष हुन् भने अशल शासन मिडियाका प्रकाशक/सम्पादक एवम् विभिन्न राष्ट्रिय मिडियामा समेत आबद्ध रहेका छन् ।

Womui
Womui