योगिनी कपमा संजय स्मृति प्रतिष्ठानले मुख्य प्रायोजन गर्ने, भोलिबाट प्रतियोगिता सुरु

187

नेपालगन्ज–प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितालाई संजय स्मृती प्रतिष्ठान पाल्पाले मुख्य प्रायोजन गर्ने भएको छ । माघको २२ गते देखी हुन लागेको भलिबल प्रतियोगिता माघको २४ गते सम्म चल्ने छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा बाँकेका १२ टिमले प्रतिस्पर्धा गर्न गइरहेको छन् । प्रतिष्ठानले बुधबार प्रतियोगितालाई मुख्य प्रायोजन गर्ने घोषणा गरेको हो ।

संजय स्मृति प्रतिष्ठान अध्यक्ष निरोज मास्केले भलिबलको विकासमा स्थानीय स्तरका प्रतियोगिताले योगदान गर्ने बताइन्। प्रतियोगितामा प्रायोजन गर्न पाउँदा खुसी लागेको नेपाल भलिबल संघ उपाध्यक्ष समेत रहेकी मास्केले बताइन् । उनले भनिन्, ‘गाउँमा हुन लागेको प्रतियोगिताको महत्व हुन्छ । यसले नयाँ खेलाडी उत्पादनमा मुख्य भूमिका खेल्ने गर्छ । त्यसका लागि हामी सहयोग भएर जोडिन पाउँनु खुसीको कुरा हो।’ यसैगरी प्रतियोगितालाई न्यु एभरेष्ट डिस्टिलरीले सह–प्रायोजन गरेको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुने प्रतियोगिताका प्राविधिक संयोजक प्रकाश शर्माले बताए । प्रतियोगिताको विजेताले नगद २१ हजार र उपविजेताले १० हजार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी बिहीबार देखी सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ । आयोजक योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्रबहादुर थापाले प्रतियोगिताको सबै तयारी सकिएको बताएका हुन् ।

Womui
Womui