राष्ट्रिय सौन्दर्यकर्मीमा भण्डारी

190

नेपालगन्ज–राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्षता गीता भण्डारी निर्विरोध निर्वाचित भएकी छिन् । बुधबार नेपालगन्जमा सम्पन्न युनियनको प्रथम अधिवेशनबाट भण्डारीको अध्यक्षतामा ११ सदस्सीय नगर कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी चौधरी, सचिवमा ममता गुरुङ, सहसचिवमा सुनिता राना, आर्थिक सचिवमा लक्ष्मी सापकोटा रहेका छन् । यसैगरी सदस्यमा क्रमशः टीका भट्टराई ,संगीता आरसी, लिसार दलार्मी, बसन्ती भण्डारी, गोमा गुरुङ र लक्ष्मी चौधरी(वि) निर्वाचित भएका छन् ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियनका केन्द्रीय सदस्य निर्मला मल्लको प्रमुख अतिथ्यमा सम्पन्न पहिलो सत्रमा जिफन्ट लुम्बनी प्रदेश सचिवालय सदस्य पूर्ण केसी, जिफन्ट बाँके इन्र्चाज टिएन रावतलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित वक्ताले सौन्र्दयकर्मी र स्वास्थ्यकर्मीमा फरक नभएको बताएका थिए ।

Womui
Womui