४२ जनाले लिए संवैधानिक निकायमा सपथ, विरोधमा प्रचन्ड–नेपालको आमहडताल

172


छिनछिन खबर
काठमाडौं
–राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका रिक्त पदमा ४२ पदाधिकारीलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिको समुपस्थितिमा नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो । उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो ।

संवैधानिक निकायका प्रमुख आयुक्त र अध्यक्षलाई प्रधानन्यायाधीश राणा र सदस्य तथा आयुक्तलाई सम्बन्धित निकायका प्रमुख आयुक्त तथा अध्यक्षले शपथ गराएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय महिला आयोगमा अध्यक्ष कमलाकुमारी पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराइयो । त्यस्तै राष्ट्रिय दलित आयोगका नवनियुक्त अध्यक्ष देवराज विश्वकर्मा र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले पनि पद तथा गोपनीयताको शपथ लिए ।

उक्त समारोहमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नवनियुक्त प्रमुख आयुक्त राईले पद तथा गोपनीयताको शपथ गराए । समारोहमा अध्यक्ष सहभागी हुन नसकेकाले थारू आयोगका नवनियुक्त सदस्य सुबोधसिंह थारू र भोलाराम चौधरीको पद तथा गोपनीयताको शपथ पछि गरिने बताइएको छ । यसैबीच संवैधानिक निकायमा गरिएको नियुक्तिलाई लिएर नेकपा प्रचन्ड–नेपाल समूहले बिहीबार देशव्यापी आमहडतालको घोषणा गरेको छ ।

Womui
Womui