नेपालगन्जमा राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई हत्या गर्ने भक्तपुरमा पक्राउ

216


छिनछिन खबर
काठमाडौं–
नेपालगन्जमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक प्रवीण थापामगरलाई हत्या गर्ने भक्तपुरमा पक्राउ परेका छन् । प्रहरीले प्रवीणको हत्या गरेको अभियोगमा भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीमा लुकिछिपी बस्दै गरेको अवस्थामा १८ वर्षीय विवेक परियारलाई पक्राउ गरेको जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बस्ने डम्बर थापामगरका छोरा प्रवीणको शव माघ २ गते खेतबारीमा टाउको तथा अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो । परियार नेपालगंज उपमहानगरपालिका वडा नं ६, फुल्टेक्रा बस्ने गरेको प्रहरीले जनाएको छ । घटनामा सामेल अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui