१० विधेयक पारित हुँदै सकियो राप्तीसोनारीको आठौं गाउँ सभा

193


नेपालगन्ज– विभिन्न १० विधेयक पारित हुँदै राप्ती सोनारी गाउँपालिकाको आठौं गाउँ सभा सम्पन्न भएको छ । शुक्रबार बसेको गाउँ सभामा प्रस्तावित १० विधेयकमाथि छलफल गरी आएका रायसुझावका आधारमा निर्णय गर्ने भन्दै अगामी माघ ७ गते दिउँसो १ बजे बस्ने गरेर गाउँ सभा बैठक सम्पन्न भएको हो ।
बैठकमा कृषि विकास सम्बन्धी बनेको विधेयक उपर सैद्धान्तिक पक्षमा छलफल, संस्था दर्ता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, तथ्याङ्क अभिलेख व्यवस्थापन गर्न बनेको विधेयक, स्थानीय स्वास्थ्य तथा सरसफाइ विधेयक, स्थानीय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, स्थानीय तहको औद्योगिक व्यवसाय प्रवद्र्धन विधेयक, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, स्थानीय शिक्षा ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक र स्थानीय वन ऐन सम्बन्धी दश विधेयक अघि सार्दै छलफल र विचार विमर्शका लागि गाउँ सभा सम्पन्न भएको हो ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले नागरिकको रायसुझावका आधारमा प्रस्तुत गरेको कार्यसूचि कार्यपालिका सदस्य एवम् विधायन समितिका सभापति गंगाराम थारुले प्रस्तुत गरेका थिए । विधेयक र ऐन विधायन समितिमा छलफलका लागि पठाइने गरी प्रस्ताव पास भएको छ । प्रस्तुत विधेयक र ऐनलाई विधान समिति र कार्यपालिका बैठकमा छलफल गरेपछि पुनः गाउँ सभा बैठकमा ल्याइने छ । प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले प्रस्तुत विधेयक र ऐनलाई पालिकामा बनाइएका ६ वटा विषयगत समिति, विधान समिति हुँदै कार्यापलिका बोर्ड बैठकमा छलफल गरेर गाउँ सभाबाट पारित गरिने बताए ।

Womui
Womui