बुक बिल्डिङमार्फत सेयर जारी गर्न ४६ संस्था योग्य (सूचीसहित)

451


छिनछिन खबर
काठमाडौं
–बुक बिल्डिङ्ग बिधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न ४६ संस्था देखिएका छन् । धितोपत्र बोर्डका अनुसार निवेदन परेका ६२ संस्थामध्ये ४६ वटा संस्था योग्य रहेका हुन् ।

बोर्डले निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको जनाएको छ । योग्य संस्थागत लगानीकर्तामा ४ वाणिज्य बैंकसहित सांग्रिला डेभलपमेन्ट, सप्तकोशी डेभलपमेन्ट बैंक पनि छन् । नेपालमा पहिलोपटक बुक विल्डिङ विधिबाट प्राथमिक निष्कासनको तयारी हुँदैछ ।

Womui
Womui