गौघाटमा योगिनी कप भलिबल हुँदै

116


बाँके– बाँकेको खजुरा गाउँपालिकामा माघीको अवसरमा भलिबल प्रतियोगिता हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा माघको १ गतेदेखी अन्तर क्लब खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । गत वर्ष अन्तर क्लब फुटबल प्रतियोगिता गरेको योगिनी युवा क्लबले यस वर्ष पुरुष भलिबल गर्न लागेको हो । पुरुष भलिबलमा खजुरा क्षेत्रका क्लबको सहभागिता रहने आयोजक योगिनी युवा क्लबले जानकारी गराएको छ ।
योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र थापाले ग्रामिण क्षेत्रबाट भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य सहित प्रतियोगिता गर्न लागेको बताए । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ गौघाटमा विगतमा भलिबलको स्तरीय प्रतियोगिता हुने गरेको थियो । तर पछिल्लो समय यस क्षेत्रमा भलिबलका गतिविधि कम भएका छन ।
भलिबल खेलमा स्थानीय युवाहरुको आर्कषण देखिएकोले पनि भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष थापाले बताए । उनले भने,‘विगतमा हाम्रो गाउँमा क्षेत्रीय स्तरको प्रतियोगिता भएको इतिहास छ । यहाँबाट राष्ट्रिय स्तरको खेलाडीको उत्पादन भएका थिए । तर विविध कारणले पछिल्लो समय यस क्षेत्रमा स्तरीय प्रतियोगिता हुन सकेको छैन । हाम्रो क्लब युवाहरुलाई सशक्त बनाएर समाजको विकासका लागि काम गरिरहेको क्लबले । यसले खेलकुदका माध्यमबाट युवाहरुलाई सामाजिक भावनाको विकास गराउनमा पनि उत्प्रेरित गर्छ ।’
शनिबार क्लबको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिताको आयोजनाको लागि दिलिप महतारा संयोजक र हरेन्द्र राइलाइ संह सहयोजको जिम्मेवारी दिएको क्लबका महासचिव गणेश राईले बताए ।
प्रतियोगिताको विजेतालाई २० हजार र उपविजेतालाई १० हजार र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार पाउनेछन् ।

Womui
Womui