मन्त्रिमण्डल पुनर्गठन, ८ मन्त्री थपिए, २ हटाइए

126


छिनछिन खबर
काठमाडौं
–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दाहाल– नेपाल पक्षका सात मन्त्रीहरूले राजीनामा दिएका थिए । रिक्त मन्त्रालयमा प्रधानमन्त्री ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् । आठ मन्त्री थपिएका छन् भने केहीको मन्त्रालय हेरफेर गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाइएको छ ।

थपिएका र हेरफेर भएका मन्त्रीहरू
टोपबहादुर रायमाझीः उर्जा
मणि थापाः खानेपानी
प्रभु साहः सहरी विकास
प्रेम आलेः वन
गणेश ठगुन्नाः सामान्य प्रशासन
गौरीशंकर चौधरीः श्रम
दावा लामाः युवा तथा खेलकुद
जुली कुमारी महतोः महिला बालबालिका
भानुभक्त ढकालः पर्यटन (मन्त्रालय हेरफेर)
हृदयेश त्रिपाठीः स्वास्थ्य (मन्त्रालय हेरफेर)
लीलानाथ श्रेष्ठः कानुन
शिवमाया तुम्बाहाङ्फेः भूमिसुधार
पद्मा अर्यालः कृषि
कृष्णगोपाल श्रेष्ठः शिक्षा
विमला विश्वकर्माः उद्योग राज्यमन्त्री

Womui
Womui