मेसीले तोडे पेलेको रेकर्ड

141


छिनछिन खबर
काठमाडौं–
अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले ब्राजिलका महान् खेलाडी पेलेको रेकर्ड तोडेका छन् ।
ला लिगाअन्तर्गत भएको रियल भालडोलिडविरुद्धको खेलमा गोल गर्दै मेसीले नयाँ रेकर्ड कायम गरेका हुन् ।
खेलमा बार्सिलोना ३–० ले विजयी भयो ।

मेसीले ६५ मिनेटमा टिमका लागि तेस्रो गोल गरेका थिए । मेसीले एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् । केही दिनअघि बार्सिलोनाका लागि करियरको ६४३ औं गोल गर्दै मेसीले उक्त कीर्तिमान बनाएका थिए । मंगलबार एक गोल गरेसँगै मेसीले करिअरको ६४४ औं गोल गरे र पेलेको कीर्तिमानलाई पछि पारे । पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गरेका थिए ।

Womui
Womui