नयाँ भूमिकाले उत्साहित छुः पारस खड्का

119

छिनछिन खबर
काठमाडौँ
– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले टि टेन लिगका लागि टिम आबूधाबीले आफूलाई दिएको नयाँ भूमिकालाई लिएर उत्साहित भएको बताएका छन् । गत वर्षको सिजनमा टिम आबूधाबीबाट खेलेका पारसले यस पटक ‘इमर्जिङ ट्यालेन्ट मेन्टर’ को भूमिका पाएका छन् ।

खड्काले एक ट्वीट गर्दै आफूले नयाँ भूमिका पाएपछि आगामी दिनमा नेपाली क्रिकेट खेलाडीहरुलाई टिम आबूधाबीमा थप अवसर मिल्ने पनि बताएका छन् । ‘टिम आबूधाबीका लागि आफूले पाएको नयाँ भूमिकालाई उत्साहित छु,’ उनले लेखेका छन्,‘आशा छ यो नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति हुन माध्यम बन्नेछ ।’ टि टेन लिग आगामी जनवरी २८ देखि फेब्रअरी ६ सम्म चल्नेछ ।

Womui
Womui