प्रदेश ५ को स्थायी राजधानी र नामको टुंगो, केन्द्र देउखुरी, नाम लुम्बिनी

127


छिनछिन खबर
काठमाडौं–
प्रदेश नम्बर ५ ले नाम र स्थायी राजधानीको टुंगो लगाएको छ । प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी देउखुरी राखियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा मत विभाजन हुँदा दुई तिहाईबाट नाम र स्थायी राजधानीको टुंगो लागेको हो । स्थायी राजधानी दुई तिहाई र प्रदेशको नाम दुई तिहाइभन्दा बढी मतले पारित भएको छ ।


प्रदेश राजधानी देउखुरी बनाउने प्रस्तावको पक्षमा ६९ मत खसेको थियो भने विपक्षमा १३ मत परेको थियो । कुल ८७ सदस्यीय प्रदेशसभामा प्रदेश केन्द्रको मतविभाजनमा ८२ सांसद सहभागी थिए । त्यस्तै, प्रदेशको नाम लुम्बिनीको पक्षमा ७९ र ४ मत विपक्षमा परेको थियो । मुख्यमन्त्री शंकर पोख्रेलले राजधानी देउखुरीले प्रदेशका १२ जिल्लाकै मनोविज्ञानलाई समेट्ने बताएका थिए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने प्रदेशको नाम सिफारिस गर्दा सरकारले दुई तिहाइको दम्भ देखाएको भन्दै मुख्यमन्त्रीको आलोचना गरेको थियो । कांग्रेसका ५ सांसदले देउखुरीको पक्षमा मतदान गरेका थिए ।


०७४ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले बुटवललाई प्रदेश ५ को अस्थायी राजधानी तोकेको थियो । बर्दियाका सांसद भुवनेश्वर चौधरी, बाँकेका मोहम्मद याकुव अन्सारी, शंकर गिरी, डिल्ली चौधरी, अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गरेका हुन् । त्यस्तै देउखुरीनै राजधानी बनाउनुपर्ने पक्षमा का्रग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, किशोरसिंह राठौर, शिला खड्का, पार्वता डिसी चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी, मंगलप्रसाद थारु, कृष्णकिशोर घिमिरे र पूर्वसिंचाइ मन्त्री बर्दियाका जिल्ला सभापति सञ्जय गौतम र रोल्पा जिल्ला सभापति अमरसिंह पुन र रुकुम पूर्वका सभापित केशरमान रोकाले विज्ञप्ति जारी गरेका थिए ।

Womui
Womui