१०० जना थपिए, नेपालमा १८०९४ संक्रमित, ४२ को मृत्यु

103

काठमाडौं- पछिल्लो २४ घण्टामा १०० जना कोरोना भाइरसका संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने संख्या १८०९४ पुगेको छ । जसमध्ये ४२ जनाको मृत्यु भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा महोत्तरीका ६० वर्षीय पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो । पोखरामा बस्दै आएकी उक्त महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत् मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यसपश्चात मृतक महिलालाई ग्रान्डी अस्पतालबाट त्रिवि शिक्षण अस्पतालमा ‘रिफर’ गरिएको थियो । नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो पटक हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमणबाट निको भएर घर फर्कनेको संख्या नेपालमा १२६८४ जना रहेको छ ।

Womui
Womui