डुडुवाको ५६ करोडको बजेट, दुई विधेयक पारित

230

३६ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत

बजेट प्रस्तुत गरिँदै ।

बाँके(डुडुवा)–बाँकेको डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७७।०७८को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको बुधबार बसेको सातौँ गाउँसभाले दुईवटा विधियेक, ३६ बुँदे नीति तथा कार्यक्रम र करिब रु साढे ५६ करोड बढीको बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड–१९ लाई समेत लक्षित गरी शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा वातावरण, विकास निर्माणलगायतका ३६ बुँदे महत्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
गाउँपालिकाको १ नम्बर वडादेखि ६ नम्बर वडामा क्रमशः सडक विस्तार र स्तरोन्नति, १५ शैयाको अस्पताल निर्माण, फोहरमैला व्यवस्थापन तथा प्लाष्टिकजन्य बस्तुको व्यवस्थापन, प्राकृतिक तथा धार्मिक स्थल तथा पर्यटन क्षेत्रको संरक्षण, गुणस्तरीय शिक्षा, कृषि उत्पादन, पशु तथा व्यवसायिक खेती प्रवर्द्धन, घरघरमा भत्ता वितरण, ज्येष्ठ नागरिक एकल महिला, तथा पिछडिएको वर्गका लागि विशेष कार्यक्रम, गाउँपालिकामा ग्राम उद्योगको स्थापनाको पहल, हेलीप्याड निमार्ण, एफएम सञ्चालनको सम्भाव्यता अध्ययन, घरघरमा स्वास्थ्य, घरघरमा एसइइ, घरदैलोमा पशु सेवा तथा उपचार, कन्या मुद्दति शिक्षा योजनालगायतका कार्यक्रम अध्यक्ष चौधरीले प्रस्तुत गरेका हुन् ।
यसैगरी अध्यक्ष चौधरीले आर्थिक वर्ष २०७७।०७८ का लागि ५६ करोड ५७ लाख ५ हजार ३४४ रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । संघीय सरकार, प्रदेश सरकार गाउँपालिकाको आन्तरिक स्रोत अन्तर्गत बजेट विनियोजन गरिएको हो ।
सभामा विधायन समितिका संयोजक तथा कार्यपालिका सदस्य लिलावती यादवले डुडुवा गाउँपालिकाको विनियोजन विधियेक २०७७ र डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०७७ प्रस्तुत गरेकिछिन् । प्रस्तुत दुई विधेयक र नीति, कार्यक्रम र बजेट सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको थियो । गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, गजेन्द्र कैराती, भण्डारीलाल यादव, सगिर खाा, प्रशुराम बुढाथोकी र मोहनराम मिश्र, वडासदस्य, कार्यपालिका सदस्यलगायतको सहभागिता रहेको थियो । कोरोना संक्रमण कोभिड–१९ को बेला सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर गाउँसभा बसेको हो ।

Womui
Womui