टिकापुरको कफ्र्यू जारी, बीरगन्जमा तीन घण्टा खुला

46

छिनछिन खबर

नेपालगन्ज, भदौ १९
कैलालीको टिकापुरमा स्थानीय प्रशासनले फेरी २४ घण्टे कफ्र्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले आज शनिबार २४ घण्टे कफ्र्यू जारी गरेको हो । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै २४ घण्टे कफ्र्यू जारी गरिएको स्थानीय प्रशासनले जानकारी दियो । सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानी सहित सुरक्षाकर्मीको हत्या भएपछि भदौ ७ गतेबाट टीकापुरमा कफ्र्यू लगाइएको छ । तर, पछिल्ला केही दिनमा तीन घण्टा कफ्र्यू हटाइएको थियो, जसले जनजीवन समान्य बन्नाउन मद्धत गरेको थियो । धनगढीमा भने मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र कफ्र्यू लगाइएको छ ।
यसैबीच स्थानीय प्रशासनले बीरगन्जमा जारी गरेको कफ्र्यू शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि हटाएको छ । कृष्ण जन्माष्टमी पर्व र जनजीवन सामान्य अवस्थामा फर्किएपछि कफ्र्यू हटाइएको हो । प्रशासनले दंगा क्षेत्र भने कायमै रहेको जनाएको छ । प्रहरी र आन्दोलनरत मधेसी मोर्चाबीच सोमबार दिउँसो नगवा चोकमा झडप भएपछि स्थितिलाई नियन्त्रणामा लिन प्रशासनले अपरान्ह ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यू लगाएको थियो । प्रदर्शनका क्रममा प्रहरकिो गोली लागेर बीरगन्जमा पाँच जनाको मृत्यु भएको थियो भने दुई बालकसहित ८ जना घाइते भएका थिए ।

Womui
Womui