सुर्खेतका ३ जनामा भेटियो कोरोना, कर्णालीमा ४ जना संक्रमित

17

सुर्खेत,  जेठ  १०- 

सुर्खेतमा पहिलोपटक तीनजनामा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । सुर्खेतमा गरिएको पीसीआर परीक्षण पोजेटिभ देखिएपछि पुनःपरीक्षणका लागि नेपालगन्ज पठाइएको थियो। नेपालगन्ज गरिएको पीसीआर परीक्षणमा पनि पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्मर खड्काले बताए । बिहीबार भारतबाट आएका सुर्खेतका तीन जनामा कोरोना संक्रमित पुष्टि भएको हो। संक्रमित हुनेहरुमा पश्चिम सुर्खेत बराहताल गाउँपालिकाका २ र चौकुने गाउँपालिकाका एक जना रहेको बताएको छ।

संक्रमित तीनै जनालाई कोरोना विशेष अस्पताल कालागाउँमा राखेर उपचार भइरहेको छ । यसअघि दैलेखको आठबीस नगरपालिकाका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनको पनि कोरोना विशेष अस्पताल कालागाउँमा उपचार भइरहेको छ। यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ।

Womui
Womui