नेविसंघको स्थापना दिवसमा बृहत् रक्तदान

22

नेपालगन्ज, बैशाख ६-
नेपाल बिद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा शनिबार बाँकेमा बृहत रक्तदान गरिएको छ । नेपाल बिद्यार्थी संघ बाँकेको आयोजनामा कोहलपुर र नेपालगन्जमा रक्तदान गरिएको हो । नेविसंघ बाँकेका अध्यक्ष पुर्णप्रसाद आचार्यका अनुसार कोहलपुर र नेपालगन्जमा गरी कुल १ सय ५९ पिन्ट रगत संकलन भएको छ । ‘कोहलपुरमा १ सय २८ र नेपालगन्जमा ३१ पिन्ट रगत संकलन भयो,’ अध्यक्ष आचार्यले भने ‘यस्तो लकडाउनको अवस्थामा पनि सोचेको भन्दा राम्रो रगत संकलन भयो ।’

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरेर रक्तदान गरिएको उनले बताए । लकडाउनका कारण अहिले ब्लड बैंकमा रगतको अभाव भइरहेकाले स्थापना दिवसको अवसरमा रक्तदान गरिएको नेविसंघ बाँकेले जनाएको छ । रक्तदानका लागि नेविसंघ केन्द्रिय समितिले जिल्ला शाखालाई परिपत्र गरेको थियो । यति ठुलो परिमाणको रगत संकलन हुँदा रक्तदान उत्कृष्ठ कार्यक्रम भएको अध्यक्ष आचार्यको दाबी छ ।

Womui
Womui