सामाजिक दूरी कायम गर्दै राप्तीसोनारी ५ मा राहत वितरण सुरु

166

छिनछिन खबर

बाँके (राप्तीसोनारी), वैशाख १–

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ मा सामाजिक दूरी कायम गर्दै राहत वितरण सुरु भएको छ । कोरोना भाइरसको कोभिड १९ को सरकारले गरेको लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गर्ने परिवारका लागि आइतबारदेखि क्विक रेस्पोन्स टिमले धमाधम राहत वितरण सुरु गरेको छ । गाउँपालिकाको एकद्वार प्रणालीद्वारा तत्कालका लागि परिवारको संख्याको आधारमा ‘एक परिवारलाई चार किलो, चार जनासम्मको परिवारलाई १२ किलो र पाँच जनाभन्दा बढी भएको परिवारलाई १६ किलो चामल तथा त्यसमा दाल, नुन, तेल वितरण गरिएको वडा अध्यक्ष झगरु थारुले जानकारी दिए ।

वडा स्तरीय कोभिड १९ कोरना रोकथाम समन्वय समितिको सिफारिसमा वडामा दैनिक ज्याला मजदुरी गरेर जीवीकाेपार्जन गर्ने र  अति विपन्न तथा असाहय परिवारलाई राहत वितरण गरिने उनले बताए । साथै ५ वडामा प्रत्येक परिवारका लागि पनि एक लिटर तेल, एक किलो नुन र साबुन घरघरमै गएर वितरण गरिएको वडा अध्क्षय थारुले बताए ।

Womui
Womui