सामुदायिक वनद्वारा राहत वितरण

64

राप्तीसोनारी, चैत ३०–

सामुदायिक वन उपभोक्ता समूहले शनिबार राहत वितरण गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ओभरीमा रहेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहले आफ्ना उपभोक्तालाई शनिबार राहत वितरण गरेको हो ।

लामो समयदेखि कायम रहेको लकडाउनका कारण आर्थिक रुपले सक्षम परिवार पनि घर बाहिर निस्कन नपाएको र घरमा खाद्यान्न अभाव भएको हुँदा राहत वितरण गर्नु परेको समूहका अध्यक्ष उमा बस्नेतले जानकारी दिइन् । सामुदायिक वनका पदाधिकारीले उपभोक्ताको घरघरमा गएर २ सय घरपरिवारलाई राहत वितरण गरेको छ । सामाजिक दूरी कायम गरी लकडाउनका कारण अति प्रभावित बन्न पुगेका उपभोक्ताका प्रतिघरपरिवार २५ किलो चामलका दरले राहत वितरण गरिएको हो ।

Womui
Womui