९३ लाख ९० हजारको राहत कोष स्थापना

38

सुर्खेत चैत २४-

गुर्भाकोट नगरपालिका कायार्लय सुर्खेतले कोरोना कोभिड १९ मा नगरबासीलाई राहात सहयोग उपलब्ध गराउन ९३ लाख ९० हजारको कोष स्थापना गरेको छ। कोरोना माहमारी लकडाउनको समयमा मजदुर र विपन्न परिवारलाई खाद्यान्नलगायतको राहत उपलब्ध गराउन उक्त कोष स्थापना गरिएको हो ।

राहत कोषबाट आवश्यकता अनुसार प्रत्येक वडामा राहत उपलब्ध गराइने गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले जानकारी दिए। राहात कोषमा अन्य व्यति, संघसंस्थाले आर्थिक र खाद्यान्न सहयोग गर्न सक्ने उनले बताए ।

Womui
Womui