कर्णालीका आन्तरिक मामिला मन्त्री भण्डारी क्वारेन्टाइन निरीक्षण गर्न दसगजामा-(फोटो फिचर)

133

नेपालगन्ज, चैत २१-
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बाँकेस्थित नेपाल–भारत सिमानाका दसगजामा निर्मित क्वारेन्टाइन निरीक्षण गरेका छन् । सरकारले नेपालगन्ज नाकाबाट प्रवेश गर्न नदिएपछि अलपत्र अवस्थामा रहेका उनीहरुलाई करिव ४ दिनपछि बिहीबार दसगजा छेउमै क्वारेन्टाइन निर्माण गरेर राखिएको थियो । उक्त क्वारेन्टाइनमा १ सय ८१ जना बसिरहेका छन् ।

नेपालगन्ज आएका प्रदेश मन्त्री भण्डारीले शुक्रबार दिउँसो स्थलगत निरीक्षण गर्दै क्वारेन्टाइनमा रहेका नागरिकको अवस्थाका बारेमा जानकारी लिएका हुन् । उनीहरुलाई १४ दिनपछि घर लिने ब्यवस्था गर्ने र घर फर्केर कोरोना विरूद्धको अभियन्ताका रूपमा सक्रिय हुन अनुरोध गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए ।

जिल्ला प्रसासन कार्यालय बाकेमा कोरोना संक्रमण रोकथामका बारेमा मन्त्री भण्डारीले नेपालगन्ज उपमहानगरपालिकाका मेयर, नेपाली सेनाका बाहिनीपति, प्रमुख जिल्ला अधिकारी, कर्णाली प्रदेश प्रहरी प्रमुख, सुरक्षा निकायका प्रमुख, युनिसेफ, रेडक्रस लगायत निकायसँग छलफल पनि गरेका थिए । सिमाको क्वारेन्टाइनमा रहेका नागरिकको व्यवस्थापन र भाबी दिनमा कोभिड संक्रमण लगायतका अन्य सहकार्यका विविध विषयमा छलफल भएको सूचना अधिकारी रोकायाले बताए । मन्त्री भण्डारीले शुक्रबार नै बाँकेमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रको निरीक्षण पनि गरेका छन् ।

Womui
Womui