राप्रपाबीच एकता, अबको निर्वाचनमा दुई तिहाईको लक्ष्य

180

छिनछिन खबर
काठमाडौं– राप्रपाबीच एकीकरणको घोषणा गरिएको छ । दुई राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच पार्टी एकता भएको हो । सुर्यवहादुर थापा र लोकेन्द्रबहादुर चन्दले स्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ६ पटकसम्म जुट्दै र फुट्दै अहिले पुनः एकतामा जुटेका हुन् ।

पछिल्लो एकता सभामा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता हिन्दुधर्मालम्बीको पवित्र ग्रन्थ गीतालाई साक्षी राखेर गरियो । पशुपति शम्शेर जबराले कार्यकर्ताको सुझाव र अन्य शुभेच्छुकको दबाबका कारण आफूहरुले एकता गरेको बताए । राणाले भने, ‘हालको संविधान जारी गर्दा चार राजनीतिक पार्टीमध्ये मैले नेतृत्व गरेको राप्रपाले पनि स्वामित्व लिन्छ । असन्तुष्टिका बावजुद पनि संविधान जारी गर्न भूमिका खेलेकाले यो संविधानलाई प्रजातन्त्रवादीको हैसियतले स्वीकारेकै हो ।’

अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था लक्ष्य भएको बताउँदै गणतन्त्रको नाममा राष्ट्रपति कुनै एक पार्टीको हुने व्यवस्थालाई स्वीकार्न नसकिने बताए । लोहनीले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था वहाली गर्न हालको राप्रपाको शक्तिले सम्भव नहुने भएकाले संविधान संशोधन गर्न दुई तिहाइको जनमत ल्याउने पार्टीको लक्ष्य रहेको वताए ।

अर्का अध्यक्ष कमल थापाले संघीयता र गणतन्त्रको नाममा सत्तारुढ दल नेकपाले मुलुकमा भ्रष्टाचार र अराजकता निम्त्याएको र त्यसलाई रोक्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले भूमिका खेल्न नसकी मतियारको भूमिका खेलेको अरोप लगाए । थापाले अबको लक्ष्य नेकपा र कांग्रेसलाई जनमतबाट पराजित गरी देश हाँक्ने शक्ति प्राप्त गर्ने गरी संगठन परिचालित गर्ने बताए ।

Womui
Womui