विश्वभर कोरोनाबाट मर्ने र संक्रमितहरुको संख्या बढेको बढ्यै, सबभन्दा बढी चीनमा ( कुन देशमा कति ?)

144

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाखभन्दा बढी पुगेको छ । विश्वका ९० भन्दा बढी मुलुकका नागरिकहरुमा कोरोनाभाइरस रोग पत्ता लागेको जनाइएको छ । अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यामहरुका हालसम्मसम्म सो रोगको संक्रमणबाट मृत्यु हुनेरुको संख्या ३४ सय ३६ जना पुगेको छ ।

त्यस्तै १ लाख १ हजार ७ सय १० जनामा संक्रमण देखिएको छ । चीनको जोन्स हपकिन्स विश्वविद्यालयकाअनुसार चीनमा कम्तिमा ३,०४२ जना व्यक्तिको मृत्यु भएको छ भने विश्वको अन्य भागमा ३१४ जनाको ज्यान गएको छ, जसमध्ये अधिकांश इटाली र इरानका रहेका छन् । पछिल्लो २४ घण्टाभित्र इरानमा कम्तिमा १,२०० नयाँ संक्रमितहरु देखा परेका छन् । यो कोरोना प्रकोप सुरु भएदेखिकै देशको सबैभन्दा ठूलो संक्रमणको फड्को हो । इरानको स्वास्थ्य मन्त्रालयले रिपोर्टअनुसार थप १२४ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा १ सय ९७ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्रान्समा पनि १५४ जना नयाँ संक्रमितहरु थपिएको बताइएको छ । त्यस्तै भारत र दक्षिण कोरिया पनि संक्रमणको संख्यामा वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । यसबाहेक, संयुक्तराज्य अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या १२ पुगेको छ । अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरु भएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

 

Womui
Womui