राष्ट्रियसभामा १८ सदस्य नयाँ, यी हुन् थपिएका सांसद

31

छिनछिन खबर
काठमाडौैं–राष्ट्रिय सभामा १८ सदस्य थपिएका छन् । थपिएका सांसदले बुधबार सपथग्रहण गर्ने कार्यक्रम छ । एक तिहाई सदस्यको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त स्थानमा माघ २४ गते निर्वाचन भएको थियो । निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले र दुई स्थानमा राष्ट्रिय जनता पार्टीले दुई सिटमा जितेको थियो
। मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्यको भने सरकारले सिफारिस गरिसकेको छैन ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवन

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल छन् । त्यस्तै, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल पनि नयाँ सदस्य छन् । भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर पनि राष्ट्रिय सभाका नयाँ सदस्य हुन् ।

पहिलो पटक निर्वाचन भएपछि सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो । जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जना सांसदको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ गरिएको थियो ।

Womui
Womui