गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

27

छिनछिन खबर
काठमाडौं, फगुन १५ । प्रतिनिधिसभाको बिहीबारको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकाटोले ‘सङघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिनाले गणपूरक सङ्ख्याका बारेमा नियमापत्ति गरे ।नियमापत्तिपछि सभामुखले गणपूरक सङ्ख्या यकिनका लागि सङ्घीय संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।

सचिवालयले ३ मिनेट जनाउ घण्टी बजाएर सांसद सङ्ख्ख्या यकिन गर्दा कम्तीमा एक चौथाइ अर्थात् ६९ जना हुनुपर्नेमा जम्मा ५८ सांसदको मात्र उपस्थिति रहेको थियो । नेपालको संविधानको धारा ९४ अनुसार सदनमा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा हाल कायम सांसद सङ्ख्याको एक चौथाइ उपस्थिति हुनुपर्छ । एक चौथाइ सांसदको उपस्थिति नदेखिएपछि सभामुखले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाइएको जानकारी दिंँदै बैठक स्थगन गरे ।

Womui
Womui