नेपालगन्ज महोत्सवको तयारी तीव्र

175

छिनछिन खबर

नेपालगन्ज, फागुन १२–

एजी सर्भिस प्रालिको आयोजनामा नेपालगन्जमा हुन गइरहेको दोस्रो नेपालगन्ज महोत्सव २०७६ को तयारी तिब्र पारिएको छ ।
“समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ फागुन २१ गतेदेखि चैत २ गतेसम्म सन्चालन हुने महोत्सवको सम्पुर्ण तयारी तिब्र पारिएको छ ।
मेला सचिवालयकि सदस्य अमृता गिरीका अनुसार मेलाको सम्पुर्ण तयारी तिव्र पारिएको छ । महोत्सवमा नेपालगन्ज कोहलपुर सडक खण्डको विभिन्न स्थानमा गेट लगाउने, स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारिएको सचिवालय सदस्य गिरीको भनाई छ । कलाकार सहितको मेलाको प्रचा पम्पलेट टाँस्ने र अटोहरुमा जिङ्गल बजाएर विभिन्न स्थानमा प्रचार प्रसार सुरु समेत गरिएको सचिवालय व्यवस्थापन उप समितिका संयोजक बसन्त मल्लले जानकारी दिए ।
महोत्सवमा रेखा थापा,कमला घिमिरे,भिटेन, पल शाह, पुजा शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, ज्योति मगर, चन्द्र शर्मा, सुनिल गिरी,गोपाल नेपाल जिएम, अन्जली अधिकारी, टीका सानु, सिर्जु अधिकारी,जिक्री पाँडे, आरुसी मगर, सावित्री प्रीति, भुपेन्द्र राना, बल्छी धुर्बे, रमेश कठायत, एमटी महर, शोभित बस्नेत,मिस्टर आर्र्जे, चक्र बम,दुर्गा भट्, लिला वली,लगायतका कलाकारहरु आउने छन । महोत्सव मार्फत पर्यटन वर्ष २०२० लाई सफल बनाउँन निकै ठूलो भुमिका खेल्ने आकर्षक राखेको आयोजकले जनाएको छ । महोत्सवलाई २ लाख ५० हजार बढी दर्शकले अवलोकन गर्ने र ३ सय बढी स्टल रहने पनि आयोजकले जनाएको छ ।
“समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन संस्कृति तथा रोजगारको पुर्वाधार” भन्ने मुल नारा सहित यहीँ फागुन २१ गतेदेखि चैत २ गतेसम्म सन्चालन हुने महोत्सव स्थल यतिबेला तयार भइरहेको एजी सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले जानकारी दिए । नेपालगन्ज स्थित वाटरपार्कमा सन्चालन हुने महोत्सवको सचिवालय पनि स्थापना गरिएको छ । गत सालको पहिलो महोत्सवको सफलतापछि उत्साहित आयोजक टिमले यस पटक दिउँसोको कार्यक्रम पश्चात् रात्रीकालिन कार्यक्रम पनि सन्चालन गर्नेछ । रातीकालिन कार्यक्रम १० बजेसम्म संन्चालन हुनेछ । २०७६”को लागि कलाकारहरु फाइनल गरिएको छ ।

Womui
Womui