प्रधानमन्त्रीको जन्मदिनमा आठराईमा सार्वजनिक विदा

128

छिनछिन खबर
काठमाडौं–प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जन्मदिन तेह्रथुमको आठराईस्थित आफ्नो जन्मघरमा मनाउने भएका छन् । ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री ओली तेह्रथुम गएका छन् । हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली तेह्रथुम गएका हुन् ।

तेह्रथुमको आठराई गाउँपालिका– ४ इवामा ओली जन्मेका थिए । प्रधानमन्त्री ओली गाउँ पुगेको अवसरमा आठराई गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री ओलीले दिनभर तेह्रथुममा विभिन्न ठाउँमा विकास निर्माणका कामको शिलान्यास गर्ने बताइएको छ ।

Womui
Womui