सरकारले लगाउने पुस्तक करमा त्रिचन्द्रका विद्यार्थीको विरोध प्रदर्शन

95

छिनछिन खबर
काठमाडौं, माघ २९ । सरकारले पुस्तक आयातमा १० प्रतिशत भन्सार लगाउने घोषणा गरेको भन्दै काठमाडौंका त्रिचन्द्र क्याम्पसका विद्यार्थीले बुधबार सडकमा विरोध प्रदर्शन गरेका छन् । विद्यार्थीले गरेको प्रदर्शनमा नेविसंघले पनि ऐक्यवद्धता जनाएको छ ।

पठन संस्कृति कमजोर बनाउनका लागि सरकारले गरेको कदमविरूद्ध विद्यार्थीको प्रदर्शनमा नेविसंघले ऐक्यवद्धता जनाएको महामन्त्री दीपक भट्टराईले जनाए । पुस्तकजस्तो संवेदनशील कुरामा सरकारले कर लगाएको उपयुक्त नभएको उनको भनाइ छ । प्रकाशक, लेखक र पाठक पनि पुस्तक आयातमा भन्सार लगाउन नहुने कुरामा सहमत भएको बताइएको छ ।

Womui
Womui