दोलखाका तत्कालीन सिडिओ रिजालविरूद्ध साढे ६ लाख बिगो दाबीसहित मुद्दा

33

छिनछिन खबर
काठमाडौं– जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रिजालविरूद्ध विभिन्न पाँच मुद्दामा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न निजहरुसँग घुस लिई भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । रिजालविरूद्द विभिन्न ५ वटा मुद्दामा ६ लाख ५२ हजार ६ सय बिगो कायम गरी आरोपपत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Womui
Womui