नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार, को कुन पदमा ?

134

छिनछिन खबर
काठमाडौं–नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ समिति विस्तार गरेको छ । विस्तारित तदर्थ समितिमा उपसभापति २ जना र महामन्त्री २ जना नेता कृष्ण सिटौलाको सिफारिसमा नियुक्त भएका छन् । सिटौलाको सिफारिसअनुसार उपसभापतिमा तुलसा पन्त र मुक्तिराम पौडेल, महामन्त्रीमा बलदेव तिम्सिना र युवराज पाण्डे नियुक्त भएका हुन् ।


त्यस्तै, नेता रामचन्द्र पौडेलको सिफारिसमा महामन्त्रीमा उर्मिला थपलिया, दिपक भट्टराई र प्रभातकुमार दाहाल नियुक्त भए । उपसभापति पौडेल प्रदीप पौडेलनिकट, महामन्त्री पाण्डे गगन थापानिकटका हुन् । महामन्त्री थपलिया शशांक कोइरालानिकट, दाहाल प्रकाशमाननिकटका मानिन्छन् । विधानअनुसार महामन्त्री ९, उपस्स्भापति र सहमहामन्त्री ६र६ जना नियुक्त गर्नुपर्छ ।

पौडेलले उपसभापति, सिटौलाले सहमहामन्त्री र देउवाले महामन्त्री, उपशभापति र सहमहामन्त्रीमा आकांक्षी बढेपछि नियुक्तिका लागि सिफारिस गर्न सकेका छैनन् । १६ माघमा देउवाले राजीप ढुंगाना र महामन्त्रीमा मनोज वैद्य तथा महेश्वरी कुँवरलाई नियुक्त गरेका थिए ।

Womui
Womui