मन्त्रीबाट हटाइएकाहरू संसदीय समितिमा

122

छिनछिन खबर
काठमाडौं–मन्त्री पदबाट हटाइएका नेकपाका नेता संसदीय संसदीय सदस्य चयन भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम हेरफेर गरेका हुन् ।

गोकर्णराज विष्ट र पदम गिरी अर्थ समिति, शिवमाया तुम्बाहाङफे र मायादेवी न्यौपाने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, मात्रिकाप्रसाद यादव र रामकुमारी चौधरी कानुन न्याय तथा मानवअधिकार समितिमा रहने भएका छन् ।

यस्तै थममाया थापा महिला तथा सामाजिक समिति, लालबाबु पण्डित राज्यव्यवस्था तथा सुशासन समिति, विद्या भट्टराई शिक्षा तथा स्वास्थ्य समिति, चक्रपाणि खनाल, रघुवीर महासेठ र धनबहादुर बुढा सार्वजनिक लेखा समितिमा रहनेछन् । विष्ट, यादव, थापा, पण्डित, खनाल, महासेठ, चौधरी र बुढा मन्त्रिपरिषद् पुनर्गठनका बेला हटाइएका थिए ।

Womui
Womui