बिबिसीका ४५० पत्रकारको जागिर चट

83

काडमाडौं । बेलायती प्रसारण संस्था बिबिसीका ४५० जनाको रोजगारी गुमेको छ । खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै उनीहरुलाई अवकास दिइएको बिबिसीले जनाएको छ ।

लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको बिबिसीले जनाएको छ । “बीबीसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौँ,” बिबिसीका समाचार तथा समसामयीक मामिला प्रमुख फ्रान अनस्वार्थले भने । रासस

Womui
Womui