गायक निशानको मृत्यु

45

छिनछिन खबर


काठमाडौं–दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टबाट फर्कने क्रममा दुर्घटनामा परी घाइते भएका गायक निशान भट्टराईको मृत्यु भएको छ । वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत उनको मृत्यु भएको हो । उनी वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए ।
भट्टराईको कार तीनकुनेमा दुर्घटनामा परेको ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो ।

Womui
Womui