पर्यटन वर्षको शुभारम्भ, राष्ट्रपति भन्छिन्–प्रकृतिलाई सिंगारौं

91

छिनछिन खबर
काठमाडौं– पर्यटन वर्ष २०२० को औपचारिक सुरु गरिएको छ । सन् २०२० को पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन वर्षको शुभारम्भ गरेकी हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै उनले प्रकृतिलाई सिँगारेर पर्यटकलाई आकर्षित गर्न सकिने बताएकी छन् ।

भण्डारीले विश्व शान्ति र भातृत्वको सम्वन्ध विस्तार गर्न पर्यटक उद्योगमार्फत मुलुकको समृद्धि चाहने सरकारको उदेश्य पुरा हुने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले पर्यटकलाई नेपाली उत्पादनले सेवा गर्न सके नेपाली जनताको जीवनस्तर उकास्न समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
उद्घाटन समारोहमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालका विश्व प्रसिद्ध हिमाल धार्मिक, प्राकृति र सांस्कृतिक सम्पदाका कारण नेपाल संसारकै उत्कृष्ठ पर्यटकीय स्थल भएको बताए ।

उनले पाथिभरा, हलेंसी, खप्तड जस्ता धार्मिक स्थलहरु र १४ वटा अग्ला हिम शृङ्खला, काठमाडौं, लुम्बिनी, चितवन विश्वसम्पदा सूचीमा परेका स्थलहरुले विश्वका पर्यटकलाई आकर्षीत गर्न सकिने बताए । मन्त्री भट्टराईले पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थल निर्माण चाँडै पुरा हुने विश्वास ब्यक्त गरे ।

Womui
Womui