बामदेव गौतम बन्ने भए नेकपाको उपाध्यक्ष

186

छिनछिन खबर
काठमाडौं–नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी बैठकबाट पारित भएको छ । महासचिव बिष्णु पौडेलले राखेको विधान संशोधन प्रस्ताव स्थायी समितिले पारित गरेपछि गौतम उपाध्यक्ष बन्ने बाटो खुलेको हो ।

नेकपा सचिवालय बैठकले केही महिना पहिला गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । तर पार्टीको विधानमा उपाध्यक्ष पद थिएन । स्थायी कमिटी बैठकले उपाध्यक्ष पद थप गरेको हो । स्थायी कमिटीमा प्रस्ताव आउँदा शुरुमा केही नेताले विरोध गरेका थिए । तर बैठकबाट विधान संशोधन प्रस्ताव पारित भएको एक स्थायी कमिटी सदस्यले बताए ।

बैठकले नै गौतमलाई उपाध्यक्षमा चयन गर्नेछ । पछिल्लो समय नेकपाभित्र शक्तिशाली बन्दै गएका नेता गौतम संगठन विभाग प्रमुख छन् ।

Womui
Womui