प्रचण्डपत्नी सीता रामदेवको योगपिठ हरिद्वारमा

84

छिनछिन खबर
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीतालाई उपचारका लागि भारतको हरिद्धार लगिएको छ । बाबा रामदेबको योगपिठमा सीतालाई लिएको छोरी गंगा दाहालले बताएकी छिन् ।

लामो समयदेखि बिरामी रहेकी सीतालाई देश, विदेशका कैयन अस्पतालमा उपचार गराउँदा पनि स्वास्थ्य लाभ हुन सकेको छैन । अमेरिकादेखि दुबईसम्मका अस्पतालमा सीताको उपचार गरिएको थियो । तरपनि उनको स्वास्थ्यमा सुधार आउन नसकेपछि परिवारले हरिद्धार पु¥याएका छन् ।

अन्य अस्पतालमा प्रचण्ड आफै पुगेपनि पार्टी बैठक र कार्यकारी अध्यक्षको जिम्मेवारीका कारण उनी हरिद्धार पुगेका छैनन् । सीतासँगै छोरी गंगा, पूर्वमन्त्री एवं नेकपा नेता मात्रिका यादव हरिद्धार पुगेका छन् । हरिद्धारमा बाबा रामदेव र बालकृष्णले उनको उपचार गरिरहेका छन् ।

Womui
Womui