बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)

133

छिनछिन खबर
काठमाडौं– तिर्थाटनबाट फर्कँदै गरेको यात्रुबस बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् । दोलखाको कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको बा४ख ४४६८ नम्बरको बस मोडबाट पाँच सय मिटर तल सडकमा खसेर दुर्घटना भएका हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

घटनास्थलमै १२ र अस्पतालमा उपचारको क्रममा दुईको मृत्यु भएको हो ।मृत्यु हुनेमा आठ महिला, तीन पुरुष र तीन बालबालिका रहेका छन् । मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनाका नौ घाइतेको खाडिचौरस्थित सिन्धु सदवाहार अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ उपचार हुन नसकेपछि थप गम्भिर अवस्थाका १० घाइतेलाई रेफर गरेको अस्पतालका डा. राजकुमार दङ्गालले जानकारी दिए ।

उनीहरुलाई काभ्रेको धुलिखेल र राजधानीको ह्याम्स अस्पताल पठाइएको छ । घुम्तिबाट बल्ड्याङ खाँदै सडकमा बजारिएको बस कच्याककुचुक भएको छ ।

Womui
Womui