३ दिनको मौसम पूर्वानुमान– वर्षा, हिमपात र हावाहुरी

129

छिनछिन खबर
काठमाडौं–पश्चिमी निम्न चापीय प्रणाली सक्रिय भएका कारण देशभरी मौसममा सामान्यदेखि पूर्ण बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने जनाएको छ ।

शुक्रबार दिनभरी देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भू भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ । यस्तै देशका पश्चिमि भू–भागका केही स्थानमा हावाहुरी आउने पनि सम्भावना रहेको छ । त्यस्तै देशभर सामान्य वदली रही पश्चिमी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

Womui
Womui