मुग्लिन–नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

202

छिनछिन खबर
काठमाडौं–मुग्लिन नारायणघाट सडकखण्ड शुक्रबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । यो क्रम कम्तीमा दुई सातासम्म कायम रहने छ । सडक पहिरो रोकथामको काम बाँकी रहेको हुँदा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न लागेको नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ ।

नारायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारी साधनलाई पन्ध्र किलो बजारमा रोकिनेछ भने मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिने आयोजनाले जनाएको छ । मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारी साधन काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ । उक्त सडकखण्ड डबल लेनमा स्तरोन्नतिको काम भइसकेको छ । आयोजनाले पहिरो रोकथामको काम गर्नका लागि सुरक्षाको दृष्टिकोणले सवारीसाधन रोक्नुपर्ने जनाएको छ ।

Womui
Womui