प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

47

छिनछिन खबर

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको चिकित्सकहरुले बताएका छन् । एपेन्डिसाइटिसका साथै र पेटको संक्रमण देखिएपछि उनी गत मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आकस्मिक कक्षमा भर्ना गरेर शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकको सल्लाहमा उनलाई अन्य संक्रमण हुन नदिन आईसीयूमै राखिएको छ ।

प्रधानमन्त्रीलाई अझै केहि दिन आईसीयूमै राखेर सम्भावित संक्रमण हुन नदिने र केही दिनपछि निजी निवास पठाउने तयारी रहेको चिकित्सकले जानकारी दिए ।पछिल्लो समय प्रधानमन्त्रीलाई  सामान्य हिँडडुल गराइएको अस्पतालले बताएको छ । प्रधानमन्त्री ओलीले आइतबारको दशरथ रंगशालामा आयोजित दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन समारोह आइप्याडमा हेरेका थिए ।

Womui
Womui