७५ वर्षपछि भेटियो दोस्रो विश्वयुद्धमा बेपत्ता भएको पनडुब्बी

231

ओकिनावा–दोस्रो विश्वयुद्धका क्रममा हराएको एउटा अमेरिकी पनडुब्बी इस्ट चाइना सीमा फेला परेको छ । यूएसएस ग्रेब्याक र त्यसमा रहेका ८० सदस्य सन् १९४४ मा जापानको हवाई हमलामा परेपछि बेपत्ता भएका थिए ।


सो पनडुब्बीको अवस्थितिका बारेमा जानकारी भएको एक सैन्य कागजपत्र फेला परेपछि सो पनडुब्बी जापानको ओकिनावा द्विपनजिकै फेला परेको हो । यसअघि लामो खोजका क्रममा अवस्थितिको जानकारी भएको अंक नभएकाले फेला पर्न सकेको थिएन । पनडुब्बीमा रहेका ८० जना सदस्यका परिवारलाई समेत यस विषयमा जानकारी दिइएको छ ।

पनडुब्बीमा रहेका सेना प्याट्रिक किङकी भतिजी क्याथी टेलरले यो खोजले काकाको अध्याय बन्द गरेको बताएकी छन् । उनले भनिन्, ‘म सानो हुँदादेखि नै कि उहाँको बारेमा पत्ता लगाउन वा खोज जारी राख्न वा उहाँलाई सम्झनामा राखिराख्न चाहान्थे ।’ द्वितीय विश्वयुद्धमा हराएका अमेरिकी पनडुब्बीहरू खोज्ने लस्ट ५२ प्रोजेक्ट नामक अभियानले यूएसएस ग्रेब्याकको खोजी गरेको हो । उनीहरूले यसअघि सो पनडुब्बी खोज्न प्रयोग गरिएको जापानी कागजातमा एउटा अंक नभएको र सोही कारण १६० किलोमिटर पर खोजिएको थाहा पाएका थिए ।

ड्रोनमा आधारित नयाँ प्रविधि र नयाँ काजगात प्रयोग गरेर खोज टोलीले समुन्द्र सतहबाट १४ सय फिट तल पिँधमा पनडुब्बी खोजेको हो । अभियानका संस्थापक टीम टेलरले भने, ‘अमरिकी पनडुब्बी डुबेको स्थानको रूपमा पहिचान हुनुको मतलब सो स्थानमा खलबल हुने छैन र मृत अमेरिकी सेनाहरू शान्त रूपमा विश्राम गर्न पाउने छन् ।’ दोस्रो विश्वयुद्धमा अमेरिकाका ५२ वटा पनडुब्बी डुबेका थिए । एजेन्सी

Womui
Womui