रुप ज्योतिका दाइलाई पनि पक्राउ गर्न अनुमति

50

छिनछिन खबर
काठमाडौं–काठमाडौं जिल्ला अदालतले रुप ज्योतीका दाइ तथा व्यवसायी पद्म ज्योीिलाई पनि पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । उनलाई पनि ठगी आरोपमा नै पक्राउ र्न अदालतल आदेश दिएको हो । न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले पक्राउको अनुमति दिएको हो ।

ल्याण्डमार्क डेभलपर्सको नाममा ठगी गरेको भन्दै काठमाडौंका विजेन्द्रकृष्ण मल्लले दिएको उजुरीका आधारमा प्रहरीले ज्योतिलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति मागेको थियो । प्रहरीले अनुमति मागेपछि न्यायाधीश भट्टराईको एकल इजलासले पक्राउको अनुमति दिएको काठमाडौं महानगरीय पसिरका प्रहरीका एसपी अशोक सिंहले बताए । मल्लको उजुरीकै आधारमा प्रहरीले पद्म ज्योतिका भाइ डा. रूप ज्योतिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

पद्म ज्योति नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा प्रतिष्ठित व्यावसायिक घराना ज्योति समूहका अध्यक्ष पनि हुन् । अदालतले पद्म ज्योति, सौरभ ज्योतिलगायत ज्योति समूहका ११ जना सदस्यविरुद्ध २० मंसिर २०७५ मा नै पक्राउ पुर्जी जारी गरेको थियो ।

Womui
Womui