नेपालबाट कलकत्ता सुन तस्करी गर्दा दुई समातिए

120

छिनछिन खबर

विराटनगर, १६ कात्तिक । विराटनगरबाट तस्करी गरी भारततर्फ सुन लौजाँदै गरेको अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

विराटनगरका पसलहरूबाट गहना बनाउनका लागि सुनको सिक्का लिएर भारततर्फ जाँदै गरेका भारत पश्चिम बंगाल दुधली जिल्ला कमुदुवा ग्रामपञ्चायत बस्ने ३९ वर्षीय स्वर्पकुमार वाग र सोही स्थानका शेष सडानलाई प्रहरीले पक्राउ गरेको हो ।


विराटनगरबाट सुन लिएर जाँदै गरेको सूचना पाएपछि दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यायल, मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । पक्राउ परेकाहरुलाई बिहीबार भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ । प्रहरीले सुन पठाउने पसल सञ्चालमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट सिक्का र टुक्रा गरी ६६ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यायल, मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।दुवै सुनको काम गर्ने कालीगढ हुन् । विराटनगरका विभिन्न पसलमा काम गरिरहेका उनीहरूलाई सिमावर्ती क्षेत्र रानीबाट भारत जाँदै गर्दा केही दिनअघि पक्राउ गरिएको हो ।

 

Womui
Womui