चार वर्षमा १४१ कानुन बने, ढिलो कि चाँडो ?

28

छिनछिन खबर
काठमाडौं – नयाँ संविधान जारी भएको चार वर्षमा मुलुकमा १ सय ४१ कानुन बनेका छन् । त्यस्तै, केही नेपाल ऐन संशोधन विधेयकमार्फत ४ सय ३२ ऐन संशोधन भएका छन् ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवन

२०७४ फागुनपछि गठन भएको प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले मात्रै ५७ विधेयक पारित गरेको छ । २०७४ सालको संसदीय निर्वाचनपछिको पहिलो अधिवेशनमा ३ अध्यादेश स्वीकृत भए पनि कुनै विधेयक पारित भएका थिएनन् । त्यस्तै दोस्रो अधिवेशनमा ३३ दर्ता भएकोमा २९ विधेयक पारित भएका थिए । संविधानको धारा ४७ बमोजिम मौलिक हक कार्यन्वयन गर्न संविधान जारी भएको तीन वर्ष्भित्र कानुनी व्यवस्था गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण २०७५ असोज १ गतेभित्र १५ वटा मौलिक हकसम्बन्धी कानुन बनेका थिए ।

तेस्रो अधिवेशनमा २९ विधेयक दर्ता भएकोमा १० विधेयक पारित भएका थिए । सो अधिवेशनमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, ५४ संशोधनसहित पारित भएको थियो । संविधानको धारा ३०४ को प्रतिवन्धात्मक वाक्यांशमा संविधानसँग बाझिएका कानुन यो संविधान बमोजिमको संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले एक वर्षपछि बाझिएको हदसम्म स्वतः अमान्य हुने भन्ने व्यवस्थाका कारण संविधानसँग बाझिएका ऐन संशोधन गरिएको हो ।

पहिलो अधिवेशन २०७४ फागुन २१ गते बसेकाले २०७५ फागुन २१ भित्र संविधानसँग बाझिएका ऐनलाई संशोधन गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । चौथो अधिवेशन २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म चलेको छ । यो अधिवेशनमा रहेका ४७ विधेयकमध्ये १८ विधेयक पारित भएका छन्। २३ विधेयक प्रतिनिधिसभामा छन् भने ६ विधेयक राष्ट्रियसभामा रहेका छन् । यस अधिवेशनले भूमिसम्बन्धी आठौं संशोधन विधेयक, राहदानी विधेयक, विज्ञापन (नियमन गर्ने)विधेयक प्रहरी समायोजन विधेयकलगायत कानुन पारित गरेको थियो ।

केही नेपाल ऐन संशोधन विधेयकले १ सय ६४ ऐन संशोधन गर्नुअघि पनि २६८ वटा ऐन केही नेपाल ऐन संशोधन विधेयकमार्फन नै संशोधन गरेको थियो। जसबाट केही नेपाल संशोधन विधेयकमार्फत ४३२ ऐन संशोधन भएका हुन्। २०७२ असोज १४ मा पारित गरेको केही नेपाल कानुन संशोधन तथा खारेज गर्ने विधेयकले १३ ऐन संशोधन र ४७ नियमावली संशोधन गरेको थियो।

लैङ्गिक समानता कायम गर्न तथा लैंङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७२ असोज १४ गते पारित भएको थियो। यस विधेयकले १३ ऐनलाई संशोधन गरेको थियो। केही नेपाल ऐन संशोधन ऐन २०७२ फागुन १३ गते पारित हुँदा १९३ ऐन संशोधन भएका थिए ।

Womui
Womui